एनआरएनए फुटबाट जोगियो, दुई अध्यक्ष हुने

८ चैत्र,काठमाण्डौ ।
फुटको संघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवाद समाधान भएको छ । विभिन्न दलका नेतासहित भएको छलफलले विवाद समाधानको उपायसहित सहमति गरेको हो ।
सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा. बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् ।

पहिलो वर्ष कुल आचार्यले संघको नेतृत्व गर्नेछन् भने ड केसीले दोस्रो वर्ष नेतृत्व गर्नेछन्। सहमति हुने भएपछि अध्यक्षका अर्को प्रत्याशी रविना थापा भने सल्लाहकार बन्ने स्रोतले जनाएको छ।

यो सहमतिमा एनआरएनएका पूर्वअध्यक्ष शेष घले भने असन्तुष्ट रहेको एकसदस्यले बताए। ‘सोमबार राति ड्राफ्ट बनेको हो,’ घलेनिकट एक सदस्यले भने, ‘अझै उहाँले ओके भन्नुभएको छैन।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।