एनआरएनए जापानको विवाद समाधान नभए निर्वाचन गर्ने पुर्ण अधिकार

२९ माघ, टोकियो ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको विवाद समाधान गर्ने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई एनआरएनए उच्चस्तरीय समितिले दिएको छ । एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पुर्ण अधिकार समेत दिईएको छ ।गत जुलाई ३० मा गरिएको एनसीसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउनको लागि श्री देवमान हिराचन र श्री भवन भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणाले लेख्नु भएको पत्रमा उल्लेख गरिएको छ । यही फेब्रुअरी ७ तारिखमा बसेको उच्चस्तरीय समितिको चौथौ बैठकले कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि सर्वाधिकार प्रत्यायोजन गरेको पत्रमा उल्लेख गरिएको छ ।

एनआरएनए जापानको जुलाई ३० मा भएको निर्वाचनमा प्रविधि र एमआईएस सिस्टमको दुरुपयोग गरि १ हजार ७ सय भन्दा बढी नक्कली मतदाताको प्रयोग गरेर निर्वाचनमा धाँधली गरिएको थियो । अहिले उक्त धाधलीको बारेमा नेपाल प्रहरीले अनुसन्धान जारी राखेको छ ।
नेपाल प्रहरी साईवर ब्युरोले एनआरएनए जापानको विवादलाई साइवर अपराध भन्दै एनआरएनए मुख्य कार्यालयका आईटी प्रमुख महेश श्रेस्ठ,उक्त कार्यमा उनलाई सहयोग गर्ने कार्यालयका अन्य सहयोगी,एमआईएस सिस्टम बनाउने जिम्मेवारी पाएको इन्फीकेयर कम्पनिका पदाधिकारीलाई कार्यालयमै बोलाएर पटक पटक अनुसन्धान गरिसकेको छ ।नेपाल प्रहरी साईवर ब्युरोले नै जापानको विवादमा सहयोगी भुमिका खेलेको भन्दै अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, उपाध्यक्ष बद्री केसी र जापानबाट नेत्र भण्डारी, देविलाल भण्डारी, जनक बिक्रम शाहि र सिर्दाथ श्रेष्ठलाई उपस्थिती भई बयान दिन पत्र काटेको थियो ।एनआरएन जापानको निर्वाचनमा बिधान बिपरित २२५० विद्यार्थी सदस्य बनाइ १७०० भन्दा बढी विद्यार्थीले मतदान गर्नुको साथै प्रबिधिको चरम दुरुपयोग गरि एकै ब्यक्तिले २०० भन्दा बढी मतदान गरि धेरै ब्यक्तिलाई मतदानबाट बन्चित गरेको र यो चुनाव धादली पूर्ण भएको छानबिन समितिले पहिले नै पुस्टि गरेको थियो । उक्त रिपोर्ट एनआरएनए अफिस र पररास्ट्रमा पनि बुझाईसकेको थियो ।अनुसन्धान ब्युरोको पत्रपछि यो अवस्थामा जापान तिर केन्द्रित भएको अनुसन्धानले कुन मोड लिने हो भन्ने चासोको बिषय भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।