अष्ट्रेलियामा फैलिदै कोरोना भाइरस,संक्रमितको संख्या १४ पुग्यो

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा पुन: अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ । गोल्ड कोस्टमा थप एक चिनियाँ पयर्टकमा भाइरसको संक्रमण भेटिएको हो ।
भाईरसले संक्रमित ३७ वर्षीय पुरुषलाई गोल्ड कोस्ट युर्निभसिर्टी हस्पिटलमा राखिएको छ । मंगलबार पनि एक ८ वर्षीय बालकमा भाइरसको संक्रमण देखिएको हो । उक्त बालकलाई पनि सोही अस्पतालमा राखिएको छ ।

क्विन्सल्याण्डका मुख्य स्वास्थ्य अधिकारी जेनिट्टी योङ्गले उनीहरुको अवस्था स्थिर रहेको बताएका छन् । यि दुई सहित क्विन्सल्याण्डमा कोरोनाभाईरसको संक्रमण संख्या चार जना पुगेको छ । भने भिक्टोरियामा चार, न्यु साउथ वेल्समा चार तथा साउथ अष्ट्रेलियामा दुई जना गरी संक्रमितको सख्या अब चौध पुगेको छ ।

दिन प्रतिदिन कोरोनाभाईरसको संक्रमण बढ्दो छ । अष्ट्रेलियामा अहिले सम्म चाईनिजमा मात्र भाईरस भेटिएको हो । भाईरस बढ्दो क्रममा रहदा अष्ट्रेलियन सरकारको यस्को नियन्त्रणमा कठोर बनेको छ । अहिले चिनिया बिमानस्थल बाट पर्यटक तथा बिध्यार्थी अष्ट्रेलिया आउन पाउने छैनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।