मेल्वर्नमा ‘सुख-दु:ख’ साँझ हुदै

सिड्नी ।
अष्ट्रेलियाका मुख्य शहर सिड्नी र मेल्वर्नमा सर्बाधिक रुपमा नेपाली सांगितिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् । प्राय: साना देखी ठुला कन्सर्टहरु आयोजना हुदै गर्दा लोकदोहोरी गीत-संगीतका शुभचिन्तक र दर्शकहरु पनि कमी छैनन् ।चलचित्र र पप संगै लोकदोहोरी तथा आधुनिक बिधाका शुभचिन्तक र दर्शकहरु पनि अष्ट्रेलियामा ठुलै संख्यामा रहेका छन् । तीज तथा नेपाल फेष्टिभलमा आधुनिक तथा लोकदोहोरीमा दर्शकहरु झुमेको देख्दा अष्ट्रेलियामा लोकदोहोरीको बजार फराकिलो बन्दै गएको प्रस्ट देखिन्छ ।

लोकदोहोरीकै शिर्षकमा कमै मात्रामा कार्यक्रम आयोजना भए पनि पछिल्लो समय लोकदोहोरीकै नाममा कार्यक्रम आयोजना गर्न आयोजक जागरुक देखिन थालेका छन् । अष्ट्रेलियामा लोकदोहोरी गीतको प्रबर्द्दनका निम्ति सम्बन्धित संस्था समेत गठन भैईसकेका छन् ।

यसै बिच मेल्वर्नमा लोकदोहोरी लाईभ कार्यक्रम ‘सुख-दु:ख साँझ’आयोजना हुने भएको छ । यहि २२ फेब्रुअरीमा हुने उक्त कार्यक्रममा सुनिता दुलाल,बिजय लामा,शिशिर भन्डारी,अर्जुन सुनाम सहित सिड्नीका गायक तथा मोडलद्य नरेश रेग्मी,बिजय थापा र मेल्बर्न बस्ने लोकदोहोरी गायिका उमा गिरी सहित पुर्ण परियार,दिनेश सुनार र आभऋती भुषालले समेत प्रस्तुती दिने भएका छन् ।

नेप्को ईन्टरटेनमेन्टको आयोजनामा साईप्रस कम्युनिटी हलमा आयोजना हुने कार्यक्रमको प्रबेश नि:शुल्क रहेको छ । कार्यक्रममा सहभागी हुने बेल्वर्नबासी नेपालीलाई आयोजकले आग्रह समेत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।