चार तस्बिरमा हेर्नुहोस् रबि-रन्जनाको बैबाहिक प्रेम (भिडियो सहित)

सिड्नी ।
केहि दिन अघि चितवनको राप्ती नगरपालिका ४ भण्डारामा घटेको रबि कुमार रुवालीको घटना यतिबेला चौतर्फि रुपमा प्राथमिकतामा परेको छ ।करिब ३ बर्ष अघि हेटौडा स्थित कमानेकी रन्जना मैनाली संग प्रेम-मागी बिबाह गरेका रबिकुमार रुवालीले अन्तत: श्रीमतीकै कारण बिष सेवन गरी आत्महत्या गरेका हुन् ।

आत्महत्या पछि रबिका बुबा अर्थात् रन्जनाकी सुसराको जाहेरीका आधारमा रन्जना अनुसन्धानका लागि न्यायिक हिरासतमा पुगे पनि उनलाई जिल्ला अदालत चितवनले एक लाख धरौटी लिएर रिहा गरेको छ ।

रिहा भए लगत्तै रन्जनाले उल्टै रबि र ससुरा र रबिकी बुहारी अर्थात् उनकी देवरानी अस्मितालाई नै गलत देखाउदै अन्तर्बाता दिईरहेकी छिन् । तर,रबिको परिबारले भने रन्जनाको कुनै कुरामा पनि सत्यता नभएको दाबी गर्दै आएको छ ।

रन्जना बिहेको गरेको दुई साता नपुग्दै अष्ट्रेलिया उडेको र तीन बर्ष सम्मको उनको पढाई खर्च रबिको परिवारले नै गरेको रबिका बुवाले बताउदै आएका छन् ।रन्जना अष्ट्रेलिया आएदेखि पहिलो पटक ३ बर्षमा नेपाल गएको र यतिका समय पछि श्रीमतीलाई भेट्दा श्रीमानले अंकमाल गर्न खोज्दा रन्जनाले ‘मलाई छोईस् भने प्रहरी केस’गर्छु भने भन्ने अभिब्यक्ती बाट सुरु भएको दन्द्ले रबिको ज्यान गएको हो ।यस घटनामा चौतर्फी रुपमा रन्जना नै दोषी रहेको भन्दै उनलाई कडा कार्बाही हुनुपर्छ भन्ने आवाज आईरहेका छन् । यसै बिच रबि रन्जनाको बिबाहपछिको प्रेमिल मुद्राका तस्विर नेपाली टिभीले प्राप्त गरेको छ ।

बिबाहका तस्बिर हेर्दा लाग्छ प्रेमिल यो जोडीमा कस्को आखा लाग्यो बरै !

भिडियो हेर्नुहोस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।