सिड्नी ।
गैरआवासीय नेपाली संघको आसन्न निर्बाचनले माहोल तातिदै गर्दा प्रत्यासी उमेद्दवारहरु प्रचारमा ब्यस्त देखिएक छन् । केहि उमेद्दवार चुनाबी प्रचारकै लागि नेपाल उडीसकेका छन् । भने अधिकांस उमेद्दवारहरु यो साता नेपाल पुग्ने भएका छन् । चुनाबी प्रचार-प्रसारमा अधिकांस उमेद्दवारहरुले प्रचार समाग्रीमा एनआरएनको लोगो प्रयोग गरेका छन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ६ मा समपन्न निर्बाचनको समयमा प्रचारका क्रममा सबै उमेद्दवारहरुले प्रचारमा संस्थाको लोगो प्रयोग गरेका थिए । प्रचार चलेको केहि दिनमा नै निर्बाचन समिति र निबर्तमान कार्यसमितिले लोगो प्रयोग नगर्न उर्दी जारी गरेपछि उमेद्दवारहरुले पुन:लोगो हटाएर प्रचार-प्रसार गरेका थिए ।
सो समयमा यस बिषयमा बुझ्न खोज्दा गैर-आवासीय नेपाली संघले नै लोगो प्रयोग गर्न रोक लगाएको स्रोतले बताएको थियो । तर अहिले संस्थाको मुख्य निर्बाचनका लागि भने संस्थाकै लोगो प्रयोग गरेर प्रचार-प्रसार गरिरहेका छन् ।
लोगो प्रयोग गर्नेमा अध्यक्ष पदकै प्रत्यासी कुमार पन्त र कुल आचार्य लगायतका प्रत्यासी उमेद्दवारहरुले संस्थाको लोगो प्रयोग गरेका छन् ।गैर-आवासीय नेपाली संघको नवौ महाधिबेसन यहि अक्टोबर १५ देखी १७ मा काठमाण्डौमा हुदैछ ।