तीज उत्सवमा झुमे सिड्नीका दिदिबहिनि

२६ अगष्ट,सिड्नी ।
नेपाली टिभीले आयोजना गरेको तीज उत्सव २०१९ आईतबार राती सम्पन्न भएको छ । सिड्नीको रक्डेल स्थित आयोजित उत्सवमा करिब दुई सय पचास दर्शकहरु सहभागी थिए । उत्सवमा सिड्नीबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु झुमेका थिए । उत्सवमा स्थानीय कलाकारहरु सहित नेपालका चर्चित कलाकार प्रकाश कटुवाल र कबिता गेलालले बेजोड प्रस्तुती दिएका छन् । पुर्ण रुपमा तीजको थिममा आयोजना गरिएको कार्यक्रममा तीजका गीतहरुमा कलाकारहरुले प्रस्तुती दिएका छन् ।

कार्यक्रममा कलाकार गेलालले ‘तीजको रहर आयो बरी लै’मा नृत्य गर्दा तातिएको माहोललाई लोकदोहोरी गायक कटुवालले ‘रातो सारी सप्को काँधमा’गाउदै माहोललाई तताएका थिए ।
गायक कुटालको दर्जन जती तीज र लोकदोहोरी गीतमा नृत्य गर्न पाउदा सिड्नीका दिदिबहिनिहरु खुसी देखिन्थे ।

न्यु पोखरा ज्वलर्सले स्पोन्सर गरेको कार्यक्रममा ५ बिधामा पुरस्कार समेत प्रदान गरिएको थियो । तिजको थिम अन्तर्गत बेष्ट कष्ट्युममा पुरुष तर्फ दौरा सुरुवाल र ढाका टोपीमा सजिएका बिनोद पौडेलले पुरस्कार पाए । भने,बेष्ट कपल्समा प्रिंयका ओली र प्रजापती शिवाकोटी,बेष्ट मेकअपमा सृजना बस्नेत र बेष्ट डान्समा ममता मैनालीले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रम सोचे भन्दा अत्यन्त सभ्य र भब्यका साथ सम्पन्न भएको नेपाली टिभीका स्टेसन मेनेजर रोशन खतिवडाले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।