नेपाली टिभि,२० जुन सिड्नी ।
अभिनेत्री श्वेता खड्का करिब दुई साता देखी सिड्नीमा छिन् । एनआरएनएए एससिसि एनएसडब्लुको च्यारीटी कार्यक्रमका लागि सिड्नी आएकी श्वेता अहिले पारिवारिक भेटघाट र घुमफिरमा मस्त छिन् । पछिल्लो समय सामाजिक कार्यमा सकृय भुमिका निर्बाह गर्दै आईरहेकी श्वेताले संचालन गर्दै आएको श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको माझी बस्तीको सहयोगार्थ उनी सिड्नी आएकी हुन् ।
सिड्नीमा कार्यक्रम पश्च्यात उनी अहिले बिभिन्न फोटोशुट र भेटघाटमा रहेकी छिन् । हालै उनले एक ब्युटी शैलुनको एडका लागि ‘ब्राईडल लुक्स’मा फोटो सुट समेत गरेकी छिन् । यसै साता नेपाल फर्कने तयारीमा रहेकी श्वेताले माझि बस्तीका लागि सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।
उनले हालै सामाजिक संजाल फेसबुक मार्फत् माझी बस्तीको दोस्रो योजनका परिच्यात्मक भिडियो समेत सार्बजनिक गरेकी छिन् । सिड्नीमा उनी रहदै गर्दा सार्बजनिक तस्विर र लाईभ भिडियोले पनि उनी प्रफुल्लित देखिन्छिन् । फेसबुकका केहि क्यापस्नमा समेत ‘फिलिङं लभ’ जस्ता शब्दहरु आईरहेका देखिन्छन् । जस्का कारण पनि उनी कसैको प्रेममा छिन् भन्ने कुरा सहज रुपमा अनुमान लगाउन सकिन्छ ।
गत महिना स्वास्थमा समस्या आएपछि चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेर भारतमा उपचार गराएकी थिईन् । भारतको उपचार लगत्तै उनी सिड्नी आएकी हुन् ।
Photo:Shweta Khdka Fb








