सिड्नीमा सुन्दरी श्वेता !

नेपाली टिभि,२० जुन सिड्नी ।
अभिनेत्री श्वेता खड्का करिब दुई साता देखी सिड्नीमा छिन् । एनआरएनएए एससिसि एनएसडब्लुको च्यारीटी कार्यक्रमका लागि सिड्नी आएकी श्वेता अहिले पारिवारिक भेटघाट र घुमफिरमा मस्त छिन् । पछिल्लो समय सामाजिक कार्यमा सकृय भुमिका निर्बाह गर्दै आईरहेकी श्वेताले संचालन गर्दै आएको श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको माझी बस्तीको सहयोगार्थ उनी सिड्नी आएकी हुन् ।सिड्नीमा कार्यक्रम पश्च्यात उनी अहिले बिभिन्न फोटोशुट र भेटघाटमा रहेकी छिन् । हालै उनले एक ब्युटी शैलुनको एडका लागि ‘ब्राईडल लुक्स’मा फोटो सुट समेत गरेकी छिन् । यसै साता नेपाल फर्कने तयारीमा रहेकी श्वेताले माझि बस्तीका लागि सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।उनले हालै सामाजिक संजाल फेसबुक मार्फत् माझी बस्तीको दोस्रो योजनका परिच्यात्मक भिडियो समेत सार्बजनिक गरेकी छिन् । सिड्नीमा उनी रहदै गर्दा सार्बजनिक तस्विर र लाईभ भिडियोले पनि उनी प्रफुल्लित देखिन्छिन् । फेसबुकका केहि क्यापस्नमा समेत ‘फिलिङं लभ’ जस्ता शब्दहरु आईरहेका देखिन्छन् । जस्का कारण पनि उनी कसैको प्रेममा छिन् भन्ने कुरा सहज रुपमा अनुमान लगाउन सकिन्छ ।

गत महिना स्वास्थमा समस्या आएपछि चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेर भारतमा उपचार गराएकी थिईन् । भारतको उपचार लगत्तै उनी सिड्नी आएकी हुन् ।

Photo:Shweta Khdka Fb

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।