सिड्नीमा ग्ल्याम नेपाल ईन्टरनेश्नल हुदै

१५ मे सिड्नी ।
केहि समय अघि सम्म कन्सर्ट लगायतका ईभेन्टहरु बढी मात्रमा आयोजना हुने गरेको अष्ट्रेलियामा अहिले फेसन सम्बन्धी ईभेन्टहरु पनि प्रसस्त हुन थालेका छन् । दिन प्रति दिन युबाहरुको आउने क्रम बढ्दो रहेकाले पनि नेपालमा झै फेसनका ईभेन्टहरु आयोजना हुन लागेका हुन् ।यद्दपी सौन्दर्य प्रतियोगिता भने सम्भवत:एउटा मात्रै छ ।यसै क्रममा यहि जुन २ तारीखका दिन सिड्नीमा पहिलो पटक ग्ल्याम् नेपाल ईन्टरनेश्नल  हुने भएको छ ।

प्रतियोगितामा १० जना पुरुष र २० जना महिला र्याम्पमा उत्रनेछन् ।आयोजक डिजिटल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले जानकारी दिए । अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरु फोटोसुट र तालिमहरुमा व्यस्त छन् ।

विजेता महिलाले फिलिपिन्समा यहीँ वर्ष हुने फेस अफ ब्युटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ । फिनालेका लागि नेपाल बाट ८ जनाको टोली सिड्नी आउदैछन् । प्रतियोगिताको निर्णायकमा मनिष राई, मुक्ला श्रेष्ठ, युबी थापा, सविता कार्की र नीति शाह रहने बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।