५ मे सिड्नी ।
नेपालमा सफलतापुर्बक प्रदर्शन भईसकेको नेपाली चलचित्र ‘कागजपत्र’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शनमा आउने भएको छ ।अपिल बिष्ट निर्देशित चलचित्र ‘कागजपत्र’ले दर्शकहरुको राम्रो प्रतिकृया पाईको छ भने समिक्षहरुबाट समेत सकरात्मक समिक्षा पाउन सफल बन्यो ।नेपालमा बिरलै रुपमा सकरात्मक समिक्षा पाउने गरिन्छ । अष्ट्रेलिया जाने रहर र जानका लागि गरिने प्रक्रियाले नै कागजपत्रलाई संकेत गरेको पाईन्छ । जहाँ नक्कली कागजपत्र बनाउनेका कथा पनि नजोडिएका होईनन् । यसकारण पनि नेपालका मात्र नभएर अष्ट्रेलियाका दर्शकहरु समेत चलचित्र हेर्न उत्साहित बनेका छन् ।
चलचित्र कागजपत्र अष्ट्रेलियाको सिड्नीमा यहि मे ११ शनिबार दिनमा बरउडको ईभेन्ट सिनेमाजमा शो हुने भएको छ । ईपि एजुकेशन र डिएम लिगलले अष्ट्रेलिया ल्याएको चलचित्रको प्रदर्शन ब्यबस्थापन भने कलिउड क्लबले गरेको छ ।
खिलेन्द्र तिम्सिना र प्रजापति शिवाकोटीले निर्माण गरेको चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोला सापकोटा, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र टिकट यहाँ बाट लिन सक्नुहुनेछ
पहिलो शो