फलोअपःअष्ट्रेलियामा रद्द भयो दाल भात तरकारीको शो

२४ अप्रिल सिड्नी ।

यही मे ३ देखी ६ सम्म सिड्नीमा हुने भनिएको चलचित्र ‘दाल भात तरकारी’को प्रिमियर रद्द भएको छ ।पछिल्लो समय ईभेन्ट सिनेमाले लागु गरेको नियमका कारण नै ईभेन्टले हल नदिएपछि शो रद्द भएको हो ।
चलचित्रको टिकट रहेको टिकटडिल (सिड्नी) र मेल्बर्नको टिकट रहेको (टिकटपल्स्) दुबैमा ईभेन्ट हटाईएको पाईएपछि चलचित्रका अष्ट्रेलिया राईट ओनर ईरकुलाई टेलिफोन सम्पर्क गर्दा फोन उठाएनन् । यता सिड्नी आयोजक मध्येका गोबिन्द भण्डारीले भने ‘अष्ट्रेलियाको पुरै सो रद्द भएको हो,हामी चलचित्र सेन्सर गरेर देखाउछौ।’साथै उनले थपे ४ सो मात्र गरेर चलचित्रको लगानी उठ्दैन,हामी ईभेन्ट सिनेमा संग कुरा पनि गर्दैछौ ।’

केहि समय अघि एक  बकिलको उजुरीका आधारमा ईभेन्ट सिनेमाले हरेक राज्यमा ४ सो भन्दा बढी शो गर्नका लागि हरेक राज्यको सेन्सर मागे पछि नेपालको आसा गरेको र ठुलो रकमको चलचित्रलाई अष्ट्रेलियाम सेन्सर गर्नुपर्ने बाध्यता आएको हो । यसअघि बिना सेन्सर जति पनि सो गरिदै आएको थियो ।

अष्ट्रेलियामा बिना सेन्सर ४ सो मात्र गर्न पाईने नियम अहिलेको होईन तर,यसलाई नियम पालाना नगरी गर्दै आईएकोमा कोहि कसैको उजुरी नपरेका कारण ईभेन्ट सिनेमाले हल उपलब्ध गराउदै आएको थियो । उजुरी ईभेन्ट कम्पनीको कानुनी परामर्श शाखा र उच्च ब्यबस्थापन पक्ष सम्म पुगेपछि कम्पनीको कानुनी शाखाले आफ्ना मातहतका सबै सिनेमालाई नियम लागु गर्न उर्दी जारी गरेको हो ।

स्रोतका अनुसार सेन्सररहित सिनेमाको प्रदर्शनमा समेत प्रहरीले नजिक बाट हेरिरहेको बुझिएको छ । सेन्सरका लागि २० दिन अगावै चलचित्र बर्गीकरण बोर्डलाई फिल्म बुझाउनुपर्नेछ । भने,सेन्सरका लागि ६० मिनेट भन्दा बढी सिनेमाको करिब २ हजार डलर पर्नेछ ।

यस नियमले अष्ट्रेलियाका स्थानीय आयोजकलाई मात्र होईन समग्र नेपाली चलचित्र क्षेत्रलाई असर पार्ने देखिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।