नेपाली चलचित्रका लागि सकस बन्दै अष्ट्रेलिया,के हालत हुन्छ ४५ लाखको चलचित्रको ?

२२ अप्रिल,सिड्नी ।
पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ । केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्कृष्ट ब्यापार गरे भने स्थानीय आयोजक र फिल्मका दलालीहरुले पनि राम्रो कमाई गरेका थिए । जस्का कारण राम्रा चलचित्रको अष्ट्रेलियाको कन्ट्री राईट ३० लाख सम्म पुग्न सफल थिए ।

तर,केहि फिल्मका निर्माता र स्थानीय आयोजकको प्रपोकाण्डमा १० मा किनेर २० भन्न थालिएको थियो भने हिजो आज अष्ट्रेलियामा ४५ र ५० लाख सम्ममा फिल्म बिक्यो भन्ने समचार आउन थालेका छन् । यदी ४०,४५ लाखमा नेपाली चलचित्र बिकेको हो भने अब अष्ट्रेलियाबाट पैसा कमाउने सपना देख्न छोडे हुने अबस्था आएको छ भने स्थानीय आयोजक र दलालीहरुले पनि अर्कै पेसा रोजे उपयुक्त हुने निश्चित छ ।अष्ट्रेलियामा यस अघि चलचित्रको बर्गीकरण अन्तर्गत हरेक राज्यमा बिना सेन्सरसिप ४ वटा सम्म निःशुल्क शो गर्दै आएका थिए । तर,कबड्डी-कबड्डी, ६ का पन्जा १, २ र ३, लूट २ र शत्रुगतेका स्थानीय आयोजकहरुले नियम बिपरित सिड्नीमा मात्रै १२ भन्दा बढी शो गरेका थिए । शत्रुगतले एनएसड्ब्लु राज्यमा मात्रै १८ बटा सो गरेको थियो । जुन अष्ट्रेलियन सरकारको नियमको ठाडै उल्लङघन हो ।

पछिल्लो समय चौतर्फि रुपमा यस किसिमको प्रबृतिका कारण नेपाली एक सोलीसिटरले उजुरी हालेपछि यस नियममा ईभेन्ट सिनेमाले ओभरसिजका सेन्सरसिप नगरेका सिनेमालाई कडा गरेको छ । हरेक राज्यमा ४ वटा सो सम्म गर्ने नियम नयाँ भने होईन तर,नेपालीहरुले नियम तोडेर फिल्म सो गर्दै आएका हुन् । स्रोतका अनुसार अहिले ईभेन्टले नियममा कडा गर्दै यो केस अष्ट्रेलियन प्रहरी सम्म पुगिसकेको बताईएको छ ।अब अष्ट्रेलियाको कुनै पनि राज्यमा ४ वटा भन्दा बढी सो गर्नु परेमा हरेक राज्यमा सेन्सरसिप गर्नुपर्ने हुन्छ,सेन्सरका लागि २० दिन अगावै सेन्सरका लागि चलचित्र बर्गीकरण बोर्डलाई फिल्म बुझाउनुपर्नेछ । भने,सेन्सरका लागि ६० मिनेट भन्दा बढी सिनेमाको करिब २ हजार डलर पर्नेछ ।

यस किसिमको कडा नियमले नेपाली चलचित्रको अष्ट्रेलियाको बजारलाई पुर्ण रुपमा सुकाउने निश्चित भएको छ । यसको असर महंगो मुल्यमा किनिने फिल्मको अष्ट्रेलियाको आयोजकलाई पर्नेछ । यस नियमले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’लाई पर्नेछ । ४ शो भन्दा कम हुने चलचित्रलाई भने यस नियमले खासै समस्या पर्दैन ।

अष्ट्रेलियाको सबैभन्दा ठुलो सिनेमा नेटवर्क ग्रेटर एवेट्सले अष्ट्रेलियाका एक वकिलको उजुरी र कम्पनीको कानुनी समुहको परामर्शको आधारमा पब्लिक कम्पनी भएकाले सरकारी नियमको पालना गर्न देशैभरको आफ्नो नेटवर्कका हलहरुमा उर्दी जारी गरी नियम लागु गरिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।