अष्ट्रेलियामा काली र ईन्दिरा

१२ अप्रिल सिड्नी ।

पछिल्लो समय अष्ट्रेलिया नेपाली कलाकारका लागि दोस्रो नेपाल नै बनेको छ । हरेक साता जसो हुने बिभिन्न ईभेन्टहरुका कारण पनि अहिले कलाकारहरु आउने क्रमले ब्यापकता पाएको छ ।नेपालमा झै अष्ट्रेलियामा हरेक साता र चाडपर्बमा कार्यक्रमहरु आयोजना हुदै गर्दा कलाकारहरुको आगमनमा बृद्दि हुदैछ भने यसैलाई मौकामा चौका हान्दै केही एजेन्टहरुले गतिलै कमाई रहेका छन् ।

सातै पिच्छे आयोजना हुने कार्यक्रमहरुकै कारण वास्तविक कलाकार मात्र नभएर गैर-कलाकारहरु पनि केही मानब तस्करी गर्ने कन्सलटेन्सीहरुले मोटो रकम लिदै कलाकारको भिषामा अष्ट्रेलियामा ल्याउदै बिध्यार्थी बनाउने गरेका छन् । जस्का कारण कतिपय वास्तबिक कलाकारले समेत भिषा पाउन सकिरहेका छैनन् ।

यसै क्रममा नेपाली नयाँ बर्षलाई मध्यनगर गर्दै आयोजना हुने कार्यक्रममा सहभागीता जनाउनका लागि गायक काली प्रसाद बाँस्कोटा र ईन्दिरा जोशी लगायतका दर्जन जति कलाकार यति बेला अष्ट्रेलिया आईपुगेका छन् ।

काली प्रसादले आईतबार एडिलेडमा हुने नेपाल फेस्टिभलमा प्रस्तुती दिनेछन् । भने,ईन्दिराले सिड्नीमा नयाँ वर्षको कार्यक्रममा प्रस्तुती दिने भएकी छिन् । सिड्नीमा मात्रै नेपाली नयाँ बर्षको अबसर पारेर शनिबार र आईतबार दर्जन जती कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।