सिड्नीमा कागजपत्र,चलचित्र हेर्न दर्शकहरु आतुर

२९ मार्च सिड्नी ।
नेपालमा सफलतापुर्बक प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘कागजपत्र’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शनमा आउने भएको छ ।अपिल बिष्ट निर्देशित चलचित्र ‘कागजपत्र’ले दर्शकहरुको राम्रो प्रतिकृया पाईरहेको छ भने समिक्षहरुबाट समेत सकरात्मक समिक्षा पाउन सफल बनेको छ । नेपालमा बिरलै रुपमा सकरात्मक समिक्षा पाउने गरिन्छ ।अष्ट्रेलिया जाने रहर र जानका लागि गरिने प्रक्रियाले नै कागजपत्रलाई संकेत गरेको पाईन्छ । जहाँ नक्कली कागजपत्र बनाउनेका कथा पनि नजोडिएका होईनन् । यसकारण पनि नेपालका मात्र नभएर अष्ट्रेलियाका दर्शकहरु समेत चलचित्र हेर्न उत्साहित बनेका छन् ।

चलचित्र कागजपत्र अष्ट्रेलियाको सिड्नीमा नेपाली नयाँ बर्षको अबसर पारेर अप्रिल १३ र १४ तारीखका दिन प्रदर्शन हुने भएको हो । पहिलो सो अप्रिल १३ मा बरउडको ईभेन्ट सिनेमाजमा र दोस्रो सो १४ अप्रिलमा हर्षभिलको ईभेन्ट सिनेमाजमा हुने भएको हो ।ईपि एजुकेशन र डिएम लिगलले अष्ट्रेलिया ल्याउने चलचित्रको प्रदर्शन ब्यबस्थापन भने कलिउड क्लबले गरेको छ । चलचित्र हेर्न दर्शक आतुर भएको र सोचे अनुरुप टिकट बिक्रि भईरहेको आयोजकले जानकारी गराएका छन् ।

खिलेन्द्र तिम्सिना र प्रजापति शिवाकोटीले निर्माण गरेको चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोला सापकोटा, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र टिकट यहाँ बाट लिन सक्नुहुनेछ
पहिलो शो
दोस्रो शो

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।