२४ मार्च सिड्नी ।
मे पहिलो साता काठमाण्डौमा हुने मिस नेपालको नयाँ संस्करणको लागि अष्ट्रेलिया बाट मिस नेपाल ओसेनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठ यही मंगलबार नेपाल जाने भएकी छिन् ।
आईतबार सिड्नीमा मिस नेपाल ओसेनिया आयोजक युएनईले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनुष्कालाई औपचारिक रुपमा बिदाई गरेको छ । युएनईले सन् २०१० देखी अष्ट्रेलियामा सक्रियता पुर्बक बिभिन्न ईभेन्टहरु गर्दै आईरहेको छ । भने,मिष्टर एण्ड मिस नेपाल ओसेनिया सिग्नेचर ईभेन्ट हो । यसै पटक देखी मिसेज नेपाल ओसेनिया समेत थपेको छ ।
मिस नेपालमा सहभागीता जनाउदै गरेकी अनुष्काले नेपालको सिन्धुपाल्चोक जिल्लाको बिकट क्षेत्रको बिध्यालयमा अनलाईन शिक्षा पद्दतीको बिषयको योजना समेत बनाएकी छिन् । साथै मिस नेपालमा सहभागीता जनाउन पाउदा अनुष्काले खुसी ब्यक्त गर्दै आफ्नो तर्फ बाट भाबी दिनहरुमा सक्दो राम्रो काम गर्ने प्रतिबद्दता जनाईन् ।
मिस नेपालमा ‘मिस नेपाल ओसेनिया,मिस नेपाल हङकङ,मिस चितवन,मिस पोखरा,मिस पुर्बान्चल र मिस पशिच्मान्चलका बिजेताले सिधा रुपमा सहभागीता जनाउन पाउनेछन् । युएनईले यहि अप्रिल १२ मा मिस नेपाल शृंखला खतिवडाको आतिथ्यतामा च्यारिटी गाला डिनर गर्ने भएको छ ।








