सिड्नी ।
शुक्रबार देखि नेपालमा प्रदर्सनमा आएको चलचित्र ‘क्याप्टेन’को अष्ट्रेलियाको सिड्नीमा सोही दिन प्रिमियर शो गरिने आयोजको तयारी रहे पनि नत प्रिमियर हुन सक्यो न त नियमित सो नै ।सिड्नीका आयोजक कमेरो ईभेन्ट र रकडेल ब्याईजले शुक्रबारको सोका लागि दुई सय भन्दा बढी टिकट बेचेको स्रोत बताउछ । तर,आयोजकले प्रचार गरे अनुसार मार्च १ देखि ४ सम्मको चारै वटा शो गर्न नसकिने जनाउदै रद्द गरिएको आधिकारीक जानकारी फेसबुक मार्फत् गरेको छ ।
दिवाकर भट्टराई निर्देशित तथा भुवन केसी निर्मित चलचित्रले नेपालमा शुक्रबारको शो पछि नै नकरात्मक समिक्षा पाएको चलचित्रले सोचे जस्तो ब्यापार भने गर्न सकेको छैन । शनिबारको सो समेत औसतमा गएपछि नायक अनमोल केसीको क्रेजनै धरापमा परेको छ ।प्राप्त सुचनाका अनुसार चलचित्र ‘क्याप्टेन’को अष्ट्रेलियाको सबै राज्यहरुमा हुने भनिएको अहिलेको सो अर्को सुचना नआएसम्मका लागि रद्द गरिएको हो ।अष्ट्रेलियामा अनमोल केसीको फिल्मले सोचे जस्तो ब्यापार र सफलता प्राप्त गर्न सकिरहेको छैन । उनका यसअघिका चलचित्रले पनि औषतमा ब्यापार गरेको थियो भने,उनी स्वयम् आएर शो गर्दा पनि भुबन र अनमोल आफैले टिकट बेच्दै हिड्न परेको थियो ।