अष्ट्रेलियामा रुचाईयो ‘कागजपत्र’को ट्रेलर र गीत

सिड्नी ।
अष्ट्रेलियालाई अहिले नेपालमा नेपाली चलचित्रका लागि दोस्रो देशका रुपमा हेर्न थालिएको छ । केहि चलचित्रका निर्माण पक्षहरु अष्ट्रेलियालाई नै केन्द्रित गर्दै चलचित्र बनाउदै आएका छन् । तर,अष्ट्रेलिया ‘टार्गेट’ गरिएका सबै चलचित्र सफल भने भएका छैनन् ।पछिल्ला समयमा अष्ट्रेलिया र यहाँका निर्मातालाई केहि चलचित्र निर्देशक तथा निर्माण कम्पनीहरुले ‘मुर्गा’ समेत बनाउदै ‘एटिएम’का रुपमा हेर्ने गरिएको गुनासाहरु चियागफका साझा बिषय बन्ने गरेका छन् । ‘फिल्म’ बन्ने र बनाउने सुरुवाती पहिलो चरणमा नै ‘अष्ट्रेलिया’मा कतिमा बेच्ने र धेरै मुल्यमा किन्ने पैसा वाला आयोजक र निर्माताको खोजी सुरु हुन्छ त्यो पनि ‘स्ट्रिङ अप्रेसन’भन्दा कम भने हुदैन,यसपछि सुरु हुन्छ चलचित्रको निर्माण प्रकृया । यसमा सफल भन्दा असफल चलचित्रको संख्या धेरै छन् ।

अष्ट्रेलियामा पछिल्लो समयमा नेपाली चलचित्रको बजार खस्कदो छ । अधिकांसहरु काममा ब्यस्त हुने,नेपाली चलचित्रलाई महँगो मुल्य तिर्नु पर्ने र जस्ता किसिमका चलचित्र पनि सेटिङका भरमा प्रदर्शन हुन थालेपछि नेपाली चलचित्रको बजार खस्कन थालेको छ ।

अष्ट्रेलियामा नै बनेका चलचित्र ब्यापारिक हिसाबले खासै सफल छैनन् । तर,पनि चलचित्रको निर्माणमा निरन्तरता दिने निर्माताहरुले चलचित्र बनाईरहेका छन् । जुन नेपाली चलचित्र क्षेत्रका लागि सुखद पक्ष हो ।

यसै क्रममा सिड्नी बस्दै आएका खिलेन्द्र तिम्सिना र प्रजापति शिवाकोटीले निर्माण गरेको चलचित्र ‘कागजपत्र’पनि यतिबेला प्रदर्शनको तयारीमा छ । यसका निर्माण पक्षले चलचित्रमा समाबेस ‘माया संसार’ बोलको गीत सार्बजनिक पछि ‘ट्रेलर’समेत सार्बजनिक गरेको छ । अहिले उक्त चलचित्रको ‘माया संसार’ र ‘ट्रेलर’लाई अष्ट्रेलियाबासी नेपालीहरुले रुचाएका छन् ।

चलचित्रले सामाजिक संजालहरुमा सकरात्मक प्रतिकृयाहरु पाईरहेका बेला निर्माण पक्षले चलचित्रले आम नेपालीको अष्ट्रेलिया प्रतिको दृष्टिकोण र वास्तविक कथालाई उठान गरेकाले चलचित्र सफल हुने दाबी गरेका छन् ।

यही मार्च २२ मा रिलिज हुने चलचित्रको अष्ट्रेलियामा पनि भब्य सो गरिने निर्माण पक्षको तयारी छ । सिड्नी बस्ने अपिल बिष्ट निर्देशित चलचित्रमा रुचाईका कलाकारहरु नाजिर हुसेन,शिल्पा मास्के,सरिता गिरी,भोला सापकोटा लगायतका कलाकारको अभिनय छ । चलचित्रले मुख्य रुपमा अष्ट्रेलिया जानका लागि गरिने नक्कली बिहे र कागजपत्र कथालाई उठान गरेको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।