यस्तो छ ‘कागजपत्र’को ‘माया संसार’

सिड्नी
अष्ट्रेलियामा लामो समय अघि बस्दै आएका चलचित्र प्रेमीको समुहले निर्माण गरेको चलचित्र ‘कागजपत्र’को ‘ओएसटी’ ‘माया संसार मंगलबार रिलिज गरिएको छ ।अष्ट्रेलियाको परिप्रेक्ष्यमा आधारित रहेर निर्माण गरिएको चलचित्रको सार्बजनिक ओएसटी ‘माया संसार’मा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन र शिल्पा मास्के संगै सरिता गिरी र भोला राज सापकोटाको जोडीलाई फिचरिङ गरिएको छ ।

सिड्नी बस्दै आएका अपिल बिष्ट निर्देशित चलचित्रलाई ईपि माईग्रेसन अष्ट्रेलियाले निर्माण गरेको हो । भने,निर्माता खिलेन्द्रराज तिम्सिना,प्रजापति शिवाकोटी र मुकेश रेग्मी हुन् ।
चैत्र ८ अर्थात् मार्च २२ तारीखमा नेपाल रिलिजको तयारीमा रहेको चलचित्रको सार्बजनिक ओएसटीमा हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको छ ।

हेर्नुहोस् ओएसटीः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।