नेपाल आईडल मेल्बर्न कन्सर्टको टिकट शोल्ड आउट

मेल्बर्न
यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजक पक्षले कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको बताएको छ ।स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल २ का बिजेता रबि ओड सहित बिक्रम बराल,सुजित पाठक,अस्मिता अधिकारी सहित पबन गिरीले लाईभ कन्सर्ट दिने भएका छन् ।

आयोजक संस्थाका बिभुण जोशीले यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने बताएका छन् । कन्सर्टको अर्ली बर्ड टिकट सोल्ड आउट भए लगत्तै आयोजकले २५ डलरको प्रि सेल टिकट खोलेको छ । सोही टिकट डोरमा किन्दा ३५ डलर तिर्नुपर्ने हुन्छ । यस पटकको नेपाल आईडललाई रिमा विश्वकर्माले संचालन गर्ने भएकी छिन् । भने,नेपाल आईडलको टिमले हालै जापानमा आफ्नो कन्सर्ट गरिसकेको छ ।

नेपाल आईडल मेल्बर्न कन्सर्टको आधिकारी मिडियामा नेपाली टिभी अष्ट्रेलिया रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।