सिड्नीमा विराट र अनुष्का

भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री तथा उनकी पत्नी अनुष्का शर्मा केहि दिन दिन सिड्नी रहेका छन् । उनीहरु क्रिकेट संगै नयाँ बर्ष मनाउनका लागि सिडनी आएका हुन् ।अस्ट्रेलियामा जारी क्रिकेटको उत्सव बिग बास संगै यो सेलेब्स कपल्सले सिड्नीमा नयाँ वर्ष मनाए । बिराटले सामाजिक संजाल ईन्ष्टामा नया बर्षकै दिन सोमबार दुबै जनाको फोटो पोष्ट गरेका थिए । उक्त तस्बिरमा ४.१ मिलियन भन्दा बढीले लाईक गरेका छन् ।

तस्वीरमा अनुष्काले विराटलाई अंकमाल गरेको देख्न सकिन्छ । या तस्वीर ओपेरा हाउस नजिकैको सडकमा क्लिक गरिएको हो । तस्वीरको क्याप्शनमा विराटले लेखेका छन्, ‘सबैलाई नयाँ वर्षको शुभकामना, मेरो घरदेखि सारा संसारसम्म, सिधा अस्ट्रेलियाबाट, नयाँ साल मुबारक र इश्वरले सबैको रक्षा गरुन् ।’स्मरण रहोस अनुष्का शर्माको फिल्म जीरो हालै रिलिज भएको छ । तर, यो फिल्मले खासै व्यापार गर्न सकेको छैन । तर, फिल्ममा अनुष्कामले गरेको कामको भने सबैतिरबाट प्रसंशा भएको छ ।

अनुष्काले फिल्ममा शारीरिक रुपमा अक्षम युवतीको भूमिका निभाएकी छन् ।

फिल्ममा अनुष्काका साथै शाहरुख खान र कैटीना क्याफ पनि छन् । शाहरुखले फिल्ममा एक पुड्काको भूमिका गरेका छन् । आनन्द एल रायले निर्देशन गरेको यो फिल्मको कुल बजेट करिब २०० करोड भारु हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।