क्यानबेराको गोङग्लिनमा लुम्बिनी ग्रोसरी

१३ मे,क्यानबेरा ।
नेपालीहरुको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको राजधानी क्याबेरा स्थित गोङग्लिनमा लुम्बिनी ग्रोसरी संचालनमा आएको छ । यसैसाता सो ग्रोसरीको अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले उद्दघाटन गरेका हुन् ।नेपालीहरुको बसोबास बढेसंगै समुदायलाई मध्यनजर गर्दै गोङग्लिनमा नेपाली ग्रोसरी संचालन गरेको संचालक सुनिल थापाले बताए । उद्दघाटनका क्रममा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका प्रतिनिधिहरु सहित क्यानबेराका ब्यापारीहरुको समेत सहभागीता थियो ।क्यानबेरामा दैनिक उपभोग्यका सामानहरु सुपथ मुल्यमा उपलब्ध गराई नेपालको उत्पादकलाई प्रबर्द्दन गर्ने लक्ष्य रहेको संचालक थापाले थपे । पछिल्लो समय क्यानबेरामा नेपालीहरुको बसोबास बढे संगै नेपालीको ब्यापार-ब्यबसायमा समेत बृद्दि हुन थालेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।