एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा

१० असोज, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारीको दिने भएका छन् । उनले आईतबार राजधानीमा एक औपचारिक कार्यक्रमका बिच उमेद्दवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए ।‘संस्थाका संस्थापक र अग्रजहरुको साथ र विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु,’ कार्यक्रममा आचार्यले भने, ‘विश्वभरी रहनु भएका तपाईं सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आशीर्वाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु ।

एनआरएनएको १० औं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । कोभिड महामारीको कारण भर्चुअल माध्यममार्फत मतदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।