११ साउन, वेल्जियम ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको राष्ट्रिय निर्बाचनका क्रममा कुटाकुट भएको छ । आईतबार भएको दोहोरो झडपमा २ जना घाईते भएर अस्पताल भर्ना भएका छन् ।
निर्वाचन ‘बुथ’ कब्जा गर्न खोज्दा कुटाकुट भएको प्रत्यक्षदर्शीहरु बताउछन् । सात वटा बुथमध्ये एन्टर्पेन बुथमा मतगणनाको अन्तिम समयमा अपरिचित मान्छेहरुको समूहले बुथ कब्जा गर्न खोज्दा
कुटाकुट अवस्था सिर्जना भएको बताईएको छ ।दुई पक्षबीचमा हानाहान भएपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलालगायत उपस्थित भएकाहरुले प्रतिरोध गरे । हालसम्म पनि उक्त घटना किन र कसले, केका लागि घटाउन खोजेको थियो भनेर विस्तृत विवरण आइनसकेको बताइएको छ ।
दुई पक्षबीच झडप भएपछि मतगणना पनि स्थगित भएको छ । केहि दिन अगाडी अमेरिकामा पनि सपथ ग्रहण कार्यक्रममा नै लफडा भएको थियो । अहिले बिभिन्न देशहरुमा राष्ट्रिय निर्बाचनहरु भईरहेका छन् ।








