ठगीमा संलग्न एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग

२५ मंसिर,काठमाण्डौ ।
गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएका छन्। कुँवरले आफ्नो रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्स मार्फत रेमिट्यान्सको सेवा लिन आउने आउने सेवाग्राहीहरुलाई बारम्बार फोटोसप गरिएको नक्कली रसिद दिएर झुक्याउदै आएको पिडितहरु बताउछन्।नेपालमा कोरोना संक्रमित आफन्तलाई उपचारको लागि पठाएको २ लाख महिनादिन सम्म पनि भुक्तानी नहुनु र बारम्बार फोटोसप गरिएको नक्कली रसिद दिएर दुख दिएपछि पीडितले एनआरएनए को कार्यालयमा ठगी गर्ने संघका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग गर्दै उजुरी गरेका हुन्।

पीडितले उजुरी दिएपछि सामाजिक संजालमा लेखेका छन् , ” मैले NRNA मा उजुरी गरिसकेको छु। बाँकी हजुरहरुको साथ चाहन्छु। ”पिडितको भनाई छ , ” एनआरएनए जस्तो पबित्र सामाजिक संस्थाको कोषाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट म बारम्बार ठगिए, अब अरु नेपाली ठगिनु हुदैन। संघका कोषाध्यक्ष कुँवरलाई कारवाही हुनुपर्छ र लक्ष्मी ट्राभल्स र त्यसका मालिक सच्चिनुपर्छ।

ठगीबाट बच्न यस्तो कम्पनीको सेवा प्रयोग नगर्न समेत म पोचुगलमा बस्ने नेपालीहरुलाई सचेत गराउन चाहन्छु। ” संघका उजुरी दिईसकेपछि संघको नेतृत्वले आफुलाई फोन गरेर घटनाको बारेमा कुरा बुझेको उनले बताए। -VON

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।