दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा

१६ साउन,काठमाण्डौ ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि गैर-आवासीय नेपाली संघले शुरु गरेको विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने भएको छ । दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन नाम दिईएको सम्मेलन आउदो अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना हुने संघले जनाएको छ । विश्व यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ । विश्व अर्थतन्त्र धरासायी बनेको छ भने लाखौँ मानिस रोजगारविमुख भएका छन् । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन् । कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती रहेको संघको ठहर हो ।

यसैबिच यस सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुनेछ । साथै सम्मेलन संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई बुझाउने संघले जनाएको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।