१५ जेठ,टोकियो ।
महाबिर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले १ लाख येन तथा क्युसु क्षेत्रिय समितिले १ लाख सहयोग गर्दै आवाश्यक रकम संकलन सुरु गरेको छ ।नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँटी बाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने
उपकरण खरिद गर्नका लागि, राष्ट्रिय आविस्कार केन्द्रले एनआरएनए जापानलाई आवस्यक सहयोगको लागी अनुरोध गरेको थियो ।आविष्कार केन्द्रलाई सहयोगको निम्ति अन्य संघ संस्था अथवा व्यक्तिहरुले जापानमा संकलन गरेको सहयोग रकमपनि एनआरएनए जापानले एकमुष्ठ रुपमा केन्द्रलाई सहयोग उपलब्ध गराउने भएको छ ।







