१९ अप्रिल,सिड्नी ।
यो समचार तयार पार्दा सम्म कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । यसमा सर्बाधिक बेलायतमा १७ जना,अमेरिकामा ८ जना,संयुक्त अरब इमिरेट्समा २ जना र आयरल्याण्डमा १ जनाको नेपालीको मृत्यु भएको हो ।यसैबिच गैर-आवासीय नेपाली संघ बेलायतका नेता समेत रहेका कुल आचार्यलाई पनि कोरोना भाइरसको लक्षण देखा परेकाले सेल्फ आईसोलेसनमा बसेको आचार्य आफैले सामाजिक संजालमा लेखेका छन् ।
यस बिषयमा थप जानकारीका लागि आचार्यलाई फेसबुक मेसेन्जरमा फोन गर्दा फोन उठेन । आचार्यले फेसबुकमा लेखेका छन् ‘म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु’।







