२० मार्च,सिड्नी ।
अहिले विश्वभर कोरोनाभाईरस (कोभिड-१९) को त्रास छाईरहेको छ । पछिल्लो समय ईटाली,बेलायत,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई सताईरहेको छ । कोरोनाकै कारण मृत्यु हुनेको संख्यामा ईटाली पहिलो स्थानमा छ । चीनमा भन्दा बढी असर ईटालीमा पर्दा दैनिक चार सयको हाराहारीमा ज्यान गईरहेको छ ।चीनमा लगभग नियन्त्रणमा आईसकेको कोरोना करिब १२० मुलुकमा पुगीसकेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा पनि यसले ठुलै त्रास फैलिदा प्रभावित अधिकांस देशहरुमा पुर्ण तथा आंशिक लकडाउन गरिएका छन् । कोरोनाको ठुलै असर यतिबेला अष्ट्रेलियामा परेको छ । बोर्डर बन्द हुनाका साथै अष्ट्रेलिका सबै बिमानस्थलमा आफ्ना नागरिक र पिआर होल्डर बाहेकलाई आगमनमा निषेध गरिएको छ । यो एक आंशिक लकडाउन नै हो ।
यस्तै बिभिन्न राज्यहरुमा संकलकाल समेत घोषणा गरिसेकको छ ।अष्ट्रेलियाको पछिल्लो अबस्था अनुरुप यहाँ नयाँ आएका बिध्यार्थीहरुका लागि खानामा समस्या हुन सक्ने भन्दै गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले नयाँ बिध्यार्थीका लागि राहत स्वरुपको प्याकेज घोषणा गरेको छ ।एनआरएनएएको यो घोषण बिशेषगरी नयाँ बिध्यार्थी जो सेल्फ आईसोलेसनमा बसेकाको लागि हो । तर,नयाँ बिध्यार्थी जो संग काम छैन र आफन्त साथी भाईको साथ नहुनेहरुका लागि पनि खानाको ब्यबस्था गरिने भएको छ । नयाँ बिध्यार्थीका लागि ३० दिन र अन्यका लागि १५ दिन खानाको ब्यबस्था रहेको घोषणा गरिएको हो ।संघले हेल्प लाईन 1800 954 540 मा सम्पर्क गरेर सुबिधा प्राप्त गर्न सकिने बताए पनि संघले उल्लेख गरेको फोन भने सम्पर्क बिच्छेद छ । सो बिषयमा संघका अध्यक्ष केशव कडेल संग बुझ्दा सोमबार बाट हेल्पलाईन फोन चल्ने बताएका छन् ।