लिस्वोन पोर्चुगल ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् ।
![](https://www.nepalitv.com.au/wp-content/uploads/2020/02/sabin-dhital-768x576-1.jpg)
लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन् । थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन् । उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ ।
पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटका बिरुद्द प्रहरी समक्ष उजुरी दिएका छन् । पिडितको उजूरिपछि थापालाई स्थानिय प्रहरीले खोजी गरिरहेको छ । स्रोतका अनुसार उनी बचिबचि हिँडेका छन् ।
धिताल भोइस अफ नेपाल टिभी र प्रोचुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध पत्रकर हुन् ।भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो ।
आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँदै उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु ।’ धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाई समेत नछोड्ने भन्दै उनले अन्यलाई समेत धम्काएका छन् ।