नेकपाले देशलाई साम्यवादतिर लैजादैछ:खड्का

सिड्नी ।
शनिबार साँझ सिड्नीमा नेपाली कांग्रेस निकट संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडिएफ)को दशौ साधारण सभा सम्पन्न भएको छ ।सो अबसरमा नेपाली कांग्रेसका नेताहरुको उपस्थित समेत थियो । कार्यक्रममा सरोज थापा,बरिष्ट पत्रकार हरिहर बिरही,कबिर राना लगायत नेपाली कांग्रेसकी नेतृ मन्जु खाँड नेता भानु सिग्देल र एनपी साउद सहित छायाँ सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्काले सम्बोधन गरेका थिए ।

सो अबसरमा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई साम्यवादतर्फ लैजान खोजेको आरोप लगाएका छन् । कांग्रेसले २०४८ सालमा मुलधारको राजनीतिमा डोर्‌याएर ल्याएको तत्कालीन एमाले र हालको नेकपाले साम्यवादी व्यहोरा देखाएको आरोप लगाए ।

मन्तब्यका क्रममा खड्काले भने ‘ओलीजी उत्तर(चीन)को आशीर्वादमा चल्न खोज्नुभएको छ, राज्यका सबै क्षेत्रको अधिकार कटौती गरी शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ,’ ‘चीन र कोम्वोडियाको मोडलमा प्रधानमन्त्रीले सरकार सञ्चालनको अभ्यास गर्नु भनेको देशलाई साम्यवादतिर लैजानु हो।’

मिडिया काउन्सिल विधेयक ल्याएर मिडियामाथि नियन्त्रण गर्न खोज्ने र राज्यका सबै क्षेत्रमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै नेता खड्काले देशलाई राष्ट्रपतीय पद्धतिमा लैजानसक्ने खतरा बढेको दाबी गरे ।

उक्त कार्यक्रममा नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडिएफ)को नयाँ कार्य समिति समेत चयन गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।