एनआरएनए न्युजिल्याण्ड अध्यक्षमा केसी

२१ जुलाई सिड्नी ।
गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा लाल केसी निर्वाचित भएका छन् । उनले ९३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिदन्दी घनश्याम सापकोटाले ४८६ मत प्राप्त गरेका थिए ।संघको उपाध्यक्षमा बलकुमार गोले र उद्धवप्रसाद अधिकारी,महिला उपाध्यक्षमा भावना नेपाल, महासचिवमा दयानिधि गौतम, सचिवमा नारद कुँवर र प्रदिप रुपाखेती, कोषाध्यक्षमा विपिन भण्डारी, सहकोषाध्यक्षमा कमल बसेल, कार्यसमिति सदस्यहरुमा अप्रिल अर्याल, अशोककुमार श्रेष्ठ, विष्णु विक्रम शाही, विष्णु कुमार बस्नेत, चन्द्र शर्मा पौडेल, निगविर घिसिङ, माण्डव सिंह पाख्रिन, राजेन्द्र पाण्डे, सचि थापा र सुमना केसी निर्वाचित भएका छन् । यस्तै आईसीसी सदस्यमा विशान सापकोटा निर्बाचित भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।