मतदान अहिले सम्मकै ब्यवस्थित वातावरणमा गरियो : आयोग

सिड्नी ।

गैर-आबासीय नेपाली अष्ट्रेलियाको हालै सम्पन्न निर्बाचनको नतिजा पछि देखिएको बिबाद बारे निर्बाचन आयोगले बिहिबार साँझ पत्रकार सम्मेलन गरी सो बारे प्रष्ट पारेको छ । निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्बाचन आयुक्त मना केसीले जानकारी गराए ।निर्बाचन आयोगले  कुनै सदस्यको डाटा  नलिएको सिधैं एनआरएन अस्ट्रेलियाका सचिवमार्फत् भोटिङ भेन्डर भेरो कम्पनीलाई दिएको स्पष्ट पारे । न्यू साउथ वेल्स राज्य लगायत केही राज्यमा समेत सदस्यता दर्ता रहेको फोन नम्बर प्रयोग गरी मास म्यासेज मार्फत चुनाव मागिएको एसएमएसले गर्दा चौतर्फि रुपमा टिकाटप्पणी चलिरहेका बेला आयोगले कतिकतै बाट शंका गर्नु पर्ने ठाउ नरहेको दाबी गरेका छन् ।

निर्वाचनका दिन साँझ मत परिणाम घोषणा गरिसकेपछि यस विषयमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिन निर्वाचन आयोगले आईटी टिममा रहेका सद्स्यहरु लाई पनि उपस्थित गराएको थियो । सञ्चारकर्मीको जिज्ञासालाई आइटी टोलीले समग्र प्रकृयाबारे स्पष्ट पारेका थिए । उनीहरुले भोटिङ भेन्डरले शतप्रतिशत विश्वस्त बनाएको पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । ‘भोटिङ भेन्डिङ कम्पनीको कुनै पनि दिनमा अडिट गर्नुपर्ने भएमा सहयोग गर्न डाटा सुरक्षित राखेको पत्रकार सम्मेलनमा निर्वाचन कमिटीका सदस्य ध्रुव सुवेदीले जानकारी दिए ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।