एनआरएनए अष्ट्रेलिया निर्बाचन:एनएसडब्लु सचिबको मत संख्यामा हेरफेर

११ जुलाई ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचन पछि बिभिन्न टिका-टिप्पणी सुरु भएका छन् । अनलाईन भोटीङ सिष्टमको कारण मत संख्या नमिलेको कारण टिकाटिप्पणी चलेका हुन् ।
एससिसि एनएसडब्लुको सचिब पदमा दिपक पहारी बिजेता घोषणा गरिएको छ । जुलाई ६ को घोषणा नतिजा अनुसार उनले ९७६ मत ल्याउदै उनका प्रतिदन्दी सुजता सुजाता उपाध्याय र रामजी बस्नेतलाई पराजित गरेका थिए ।

तर,१० जुलाईमा संसोधन भएको नतिजामा दिपक पहारीनै बिजेता तर,दोस्रो स्थामा रामजी बस्नेत रहेका छन् । सुजताको मतसंख्या रामजीको भएको भेरोभोटिङले जानकारी गराएको छ । अब दिपकले रामजीलाई १ मतले पराजित गरेका छन् । भने,साबिकमा दोस्रो स्थानमा रहेकी सुजता तेस्रो स्थानमा तल झरेकी छिन् ।

यसैबिचमा रहेर निर्बाचन आयोगले बिहिबार साँझ नै सिड्नीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै माफि समेत मागेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।