मतदाता विवरण सार्बजनिक बारे छानबिनको माग गर्दै अनलाईन हस्ताक्षर

१० जुलाई सिड्नी ।
शनिबार अष्ट्रेलियामा सम्पन्न गैर-आबासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचनले नयाँ कार्य समिति पाईसकेको छ । केशब कडेल अध्यक्ष घोषणा भईसकेको छ । तर,निर्बाचनका बारे बिभिन्न टिकाटिप्पणी सुरु भएका छन् । निर्बाचनकै दिन दिउसो १ बजेको समयमा दर्ता रहेका मतदाताको मोबाईलमा ‘एनआरएनए भोट’को एसएमएस कोडबाट मतदाताहरुमा मतदान गर्न सिफारिस गरिएको एसएमएसले केहि बेर सिड्नीको बुथमा केहि समय तहल्का नै मच्चिएको थियो ।

दुबै पक्षका अध्यक्षका प्रत्यासी उमेद्दवार र निर्बाचन आयोगको आकस्मिक बैठक बसी चुनाब भाँड्ने तत्व हुन सक्ने भन्दै त्यस्ता मेसेजको बिश्वासमा नपरी आफ्नो ईच्छाले मतदान गर्नुहुन निर्बाचन आयोज र अध्यक्षका प्रत्यासीहरुले बिज्ञप्ती जारी गरेर निर्बाचनलाई सुचारु गरिएको थियो । केहि दिन देखी मतदाताको डाटा कहाँ बाट कस्ले कसरी सार्बजनिक गर्दै मेसेज पठायो भन्ने बारे चर्को रुपमा टिका टिप्पणी चलिरहेको बेला अनलाईन मार्फत् छानबिन गर्न अनलाईन हस्ताक्षर अभियान सरु गरिएको छ ।

अनलाईनका आधारमा गणेश गौतमले सो अभियान सुरु गरेका हुन् । दबाब दिन हस्ताक्षर गरिने चर्चित अनलाईन चेन्ज डट ओआरजीमा सो अभियान मंगलबार देखी सुरु भएको देखिन्छ । यो समचार तयार पार्दा सम्म २०० बढीले हस्ताक्षर अभियानमा सहभागीता जनाएको पाईन्छ ।

निर्बाचन पछि सार्बजनिक मत संख्या र प्राप्त मतका आधारमा केहि पदमा जम्मा मतसंख्या संग सार्बजनिक मत नमिलेपछि निर्बाचन आयोगले अनलाईन भोटिङ सेवा प्रदायक कम्पनी भेरीभोटीङ संग आकस्मिक बैठक बसेको समेत बुझिएको छ । सो बिषयमा बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।