७ जुलाई सिड्नी ।
शनिबार अष्ट्रेलियामा सम्पन्न गैर-आबासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचनले नयाँ कार्यसमिति पाएको छ । निर्बाचन बाट केशब कडेल अध्यक्षमा निर्बाचित भएका छन् ।
देशभर १४ स्थानमा मतदान चलिरहेका बेला सिड्नीको बुथमा करिब २ बजेको समयमा मतदाताको मोबाईलमा आएको मेसेजले भने केहि समय निर्बाचन प्रकृया समेत रोकिएको थियो । गैरआबासीय नेपाली संघका मतदाताहरुको मोबाईलमा समुहगतको उमेद्दवारहरुको नाम सहित भोट हाल्न आग्रह गरिएको मेसेज आएको थियो ।त्यस किसिमको मेसेज मोबाईलमा आए लगत्तै अध्यक्षका प्रत्यासी केशब कडेल र दिनेश पोख्रेल सहित निर्बाचन आयुक्त र निर्बाचन आयोगको बैठकले सो मेसेज आधिकारिक नभएको र कसैले चुनाब भाँड्नका लागि गलत कार्य गरेको हुन सक्ने भन्दै कडेल र पोख्रेलले फेसबुकमा जानकारी गराएपछि चुनाब पुन:संचालन भएको थियो ।
मतदान स्थलमा समाबेसी (पोख्रेल) समुहका शुभचिन्तक,स्वयम् सेबकहरु आक्रोसित थिए । यस किसिमको समस्या आए पनि निर्बाचनको मत परिणाम सार्बजनिक भईसकेको छ । यसबिच गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले डाटा कसरी सार्बजनिक भयो गल्ती कहाँ बाट हो भन्ने बिषयमा छानबिन गरिने बताईएको छ ।