जब एक भोटले पराजित बनिन् सुजता

६ जुलाई सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा केशब कडेल बिजय भएका छन् । कडेलले ४१४८ मतले बिजय प्राप्त गरेका थिए भने,उनका प्रतिदन्दी दिनेश पोख्रेलले ३७५७ मत ल्याएका थिए । ४६१ को भारी मतले कडेलले चुनाब जित्ता मुख्य पदहरुमा उनकै समुहले चुनाब जितेको छ ।११ हजार ६ सय १७ आधिकारिक मतदाता रहेको निर्बाचनमा ८ हजार ३ सय ६६ मतदाताले मत हालेका थिए । देशभर उत्साहजनक रुपमा सम्पन्न निर्बाचनमा एनएसडब्लु राज्यको एक पदमा भने एकै भोटले निर्णायक भुमिका निर्बाह गरेको छ ।

सबै भन्दा धेरै मतदाता रहेको राज्य एनएसडब्लुको एससिसि सेक्रेटरीमा दिपक पहारी ९७६ मत हासिल गरेर बिजय बने भने उनका प्रतिदन्दी सुजता उपाध्याय १ मतको मतान्तर अर्थात् ९७५ मत ल्याएर पनि पराजित बनेकी छिन् । सुजता गायिका समेत हुन् । सोही पदका अर्का प्रतिदन्दी रामजी बस्नेतले भने ७६६ मत प्राप्त गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।