३ जुलाई,सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको सन् २०१९-२०२१ कार्यकालका लागि यही शनिबार हुने निर्बाचनका लागि निर्वाचन आयोगले केही परिवर्तित नियम र निति आयोजगले सार्बजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त मन केसीले ‘नो मोबाईल नो भोट’ नियम हालै सार्बजनिक गरेका हुन् । मतादाताहरूलाई सो नियमबारे जानकारी गराइएको बताएका प्रमुख निर्वाचन आयुक्त केसीले ‘नो मोबाईल नो भोट’को रणनीति अख्तियार गरेको पनि उल्लेख गरेका छन् ।
आयुक्तका अनुसार ‘गैर सदस्यले भोट नहालुन् भन्नका लागि रणनीति अख्तियार गरिएको हो ।’ फर्जी मत नियन्त्रणका लागि यो प्राविधिक तयारी भएको उल्लेख गरेका उनले भनेका छन्,‘मतदाताको फोन नम्बर दर्ता गरिएको छ, मतदानअघि हामीसँग दर्ता भएको फोनमा कोड आउनेछ, कम्प्युटरमा उक्त कोडलाई म्याच गरेपछि मत खसाल्न सकिनेछ ।’
यस्तो नियमले मतदातालाई केही अप्ठेरो परे पनि फर्जी मत नियन्त्रणका लागि निक्कै उपयोगी हुने केसीको बुझाई छ । फोन नम्बर परिवर्तन भएका कतिपयले आवधिक गर्ने समय आज (बुधबार) साँझ सम्मका लागि समय दिइएको पनि केसीले उल्लेख गरेका छन् ।
एनआरएन सदस्यता दर्ता गरेको इमेलमार्फत पनि मतदाताको रेकर्ड राखिने आयोगले जनाएको छ । त्यसबेला दर्ता भएका इमेलले मात्र मान्यता पाउने आयोगको तयारी छ । तर, इमेल परिवर्तन भएका अथवा गरेका सदस्यका लागि भने यो कठिन हुन सक्नेछ । मतदानको समयमा सदस्यता लिएका बेला पेस गरेका कागजात अनिवार्य गरेको छ, त्यस दिन मेडिकेयर कार्डको स्क्यानका आधारमा नै मतदान गर्न दिने जनाइएको छ ।