एनआरएनए अष्ट्रेलियाको सचिब पदमा आफु योग्य रहेको घिमिरेको दाबी (भिडियो)

२५ जुन सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ६ मा हुने सन् २०१९-२०२१ को कार्यकालका लागि अध्यक्षका प्रत्यासी उमेद्दवार दिनेश पोख्रेल र केशब कडेल बिच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।अध्यक्ष सहित मुख्य पदमा अधिकासको कडा प्रतिष्पर्धा हुने देखिएको छ ।संघको अष्ट्रेलियाको राष्ट्रिय सचिब पदमा पनि उस्तै कस्साकस्सी देखिएको छ । यो पदमा डार्बिन बाट परेश घिमिरे,एनएसडब्लु बाट उसाकिरन र सरोज पाण्डेको दाबिदारी रहेको छ ।
डार्बिन बाट चुनाब प्रचारका क्रममा एनएसडब्लु आईपुगेका सचिबका दाबेदार बलिया प्रत्यासी परेश घिमिरेले गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको मुख्य-मुख्य पदमा सधैभरी सिड्नी र मेल्बर्नले मात्र पाईरहेको परिप्रेक्ष्यमा डार्बिनमा पनि नेपालीको बाक्लो समुदाय छ,हामीलाई पनि संस्थामा सेवा गर्ने रहर छ भनेर नै यस पटकको चुनाबमा प्रतिस्पर्धामा उत्रेको बताएका छन् ।

उमेद्दवार घिमिरेले नेपाली टिभिको साक्षात्कारमा गुनासा समेत सुनाएका थिए । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले सिड्नी र मेल्बर्न बाट टाढा रहेकालाई स्थान दिन सकिरहेको छैन उनले भने ।‘ मेरो उमेद्दवारीले आगामी कार्यकालमा डार्बिन बाट साथीहरुलाई सहभागी हुन समेत उर्जा मिल्नेछ । उनले थपे ।

घिमिरेले १२-१५ बर्ष देखि मेल्बर्न हुदै डार्बिन सम्मको यात्रामा नेपाली समुदाय संग सधैभरी हातेमालो गर्दै आईरहेको बताउदै भने रिजनल एरिया तिर सिड्नी,मेल्बर्नको जस्तो मिडियामा आउन सकिदैन र काम गरे,नगरेको थाहा नहुने भन्दै नितान्त सामाजिक काम गर्ने भाबले नै एनआरएनको चुनाबमा आएको दाबी गरे ।

उमेद्दवार घिमिरेले आफु नितान्त एकाउन्डेन्ट कामको जागिर गर्दै आएको कहिकतै ब्यापार नरहेको कहिल्यै कुनै पनि मुद्दामा आरोप-प्रत्यारोप र बिबादमा नपरेको बताउदै,काम घर-काम घर र सामाजिक कार्यक्रममा सहभगी हुदै आएको बताउदै पहिलो पटक एनआरएनएको चुनाबमा आएको समेत प्रष्ट पारे ।

चुनाब जितेर पद ओगट्ने अरुलाई काम गर्न नदिएर हलो अड्काउने जस्ता काम गर्न नभई केहि नयाँ काम गरेर देखाउने ग्यारेण्टी समेत घिमिरेले गरेका छन् । उनले आफुलाई धेरै बोल्न पनि नआउने तर काम गरेर देखाउने भन्दै अन्य उमेद्दवार भन्दा आफु नै योग्य रहेको दाबी गरेका छन् ।

भिडियो हेर्नुहोस् :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।