जब केशबले पोष्ट गरे यि तस्विर !

१ जुलाई सिड्नी ।
अष्ट्रेलियामा अहिले गैर आवासीय नेपाली संघको निर्बाचन आम नेपाली समुदायले छोएको छ । निर्बाचनको पुर्ब सन्ध्यामा उमेद्दबारहरु आ-आफ्नै तरिकाले प्रचार र मतदाता संगको भेटघाटमा ब्यस्त छन् । निर्बाचनमा प्रचार-प्रसार गर्ने आ-आफ्नै शैली हुन्छ । निर्बाचनमा गरिने प्रचार शैली र मार्केटिङले चुनाबको परिणाममा महत्वपुर्ण भुमिका निर्बाह गर्ने गरेकाले उमेद्दवारहरुले प्रचार र भेटघाटलाई ब्यापकता दिईएको पाईन्छ । यस्तो प्रणाली प्रचार मुलधारको राजनितिमा मात्र नभएर सबै संघ-संस्थाको निर्बाचनमा लागु हुने गरेको पाईन्छ ।

यस्तै गैर-आबासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचनलाई लक्षित गर्दै अध्यक्षका प्रत्यासी उमेद्दवार केशब कडेलले सामाजिक संजाल फेसबुकमा केहि समय अघि सार्बजनिक गरेको तस्बिरले धेरैको ध्यान खिचेको छ । कडेलले आफ्नो छोरा-छोरी र पत्नी सहितको पारिवारिक तस्विर पोष्ट गर्दा उनलाई शुभकामना दिनेको कमी छैन ।

पछिल्लो समय कडेलको पक्षमा सामाजिक संजालमा देखिएको शुभकामना र क्रेजले कडेलाई धेरै अगाडी बढाएको छ । यसो त अध्यक्षका अर्का प्रत्यासी दिनेश पोख्रेललाई पनि शुभकामना दिनेको अभाब छैन । पोख्रेल पनि अहिले प्रचार-प्रसारमा दौडिरहेका छन् ।

सामाजिक संजालमा तस्विर पोष्ट गर्नु ठुलो कुरा नहोला तर लेखिएका शब्द र वाक्यले भने सम्बन्ध राख्दछ । कडेलले लेखेका छन् “ यतिबेला मलाई तपाईं हरु को सद्भाव्, सुझाव्, आधार अनि माया चाहिएको छ । जुलाई को ६ पछी एनआरएनए लाई रुपान्तरन गर्न तपाइहरु को साथ चाहिएको छ । तपाइ हरु बिना म केहि पनि हैन ।“कडेलले लेखेका ‘तपाईहरु बिना म केहि पनि हैन” भन्ने वाक्य नै ठुलो हो । अध्यक्षका प्रत्यासी मात्र होईन कुनै पनि उमेद्दवारहरुको सामाजिक संजालको गतिबिधिलाई आम सर्बसाधारणले नियाल्ने गरेकाले पनि कडेलले पारिवारिक तरिका बाट नै आम मतदाताका बिच माया बटुल्ने प्रयास गरेको देखिन्छ ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको यहि जुलाई ६ मा निर्बाचन हुदैछ । जस्मा करिब ११ हजार मतदाताले मत दिदैछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।