मे ११ र १२ मा एनआरएनएको ओसिनिया क्षेत्रिय सम्मेलन

  NTV NEWS

६ मे  सिड्नी ।

एनआरएनएन ओसिनियाको क्षेत्रीय सम्मेलन यहि मे ११ र १२ मा हुने भएको छ ।   सम्मेलनमा २० देशका करिब तीन सयको हाराहारीमा प्रतिनिधिहरुको सहभागीता रहनेछ भने नेपाल बाट नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अष्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका नेताहरु र ब्यवसायीहरुको सहभागिता हुनेछ । कुल ८० हजार डलरको खर्चको आयोजनामा दुई दिने सम्मेलन सिड्नीको ह्यात रिजेन्सीमा हुनेछ । सम्मेलन नेपालमा आउदै गरेको भिजिट नेपाल २०२० लगायतका बैदेशिक लगानीका साथै नेपालको पर्यटन प्रबर्दधन लगायतको बिकास केन्द्रित मुद्दामा केन्द्रित हुने एनआरएनएन ओसिनिया संयोजक धर्मराज अधिकारीले जानकारी गराए ।

‘इन्भेस्टमेन्ट , इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्दिजिबिहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्दिक तथा ब्यबहारिक बहस हुने आयोजकहरुले बताएका छन् ।

सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट  डा अम्बिका अधिकारी, अष्ट्रेलियामा क्रियाशील डा राजु अधिकारी, डा कुश श्रेष्ठ , डा कृष्ण हमाल लगायतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्ने सम्मेलनका निष्कर्षहरू नेपालका लागि निकै उपयोगी हुने संयोजक अधिकारीले बताए ।

सम्मेलनमा एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्रि केसीलगायतका सम्मेलनमा सहभागी हुनेछन् । पन्त भने अष्ट्रेलिया आईसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।