बैशाख १७ ।
विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीका लागि नेपाल सरकारले दुईवटा भिषाको सुविधा प्रदान गरेको छ। पहिलो, अब एनआरएनका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका बालबच्चाले डिपेन्डेन्ट भिसामा एक बर्ष सम्म बस्न पाउँछन्। दोस्रो, भिसाका लागि निरोगिताको प्रमाणपत्र पनि पेस गर्नुपर्दैन। लामो समयदेखि माग गर्दै आएका यी दुई मागको सुनुवाइ भएकोमा एनआरएनहरुले खुशी व्यक्त गरेका छन् ।
यस्तै एनआरएन कार्ड लिएका एनआरएनलाई सरकारले भिसा शुल्क लिने गरेको छैन। गृहमन्त्रालयले अध्यागमन कार्यविधि २०६५ को परिच्छेद ४ (३)मा परिवर्तन गरी यी दुई नया सुविधा प्रदान गरेको हो।एनआरएनले लामो समयदेखि सरकारसँग यी दुई माग राख्दै आएका थिए। यो माग पुरा भएसंगै एनआरएनहरुको नेपाल बसाई लम्बिने देखिन्छ ।