एनआरएनए अमेरिकाको चुनाव रोक्न कोर्टमा मुद्दा दर्ता,अष्ट्रेलियामा के होला ?

१ मे सिड्नी ।

केहि समय अघि देखी चुनाबी प्रचारमा ब्यापक सक्रिय रहेको अमेरिकी एनआरएन बजार फेरी एक पटक तातिने भएको छ । चुनाबी मिति नजिकिदै गर्दा अमेरिकामा एनआरएनएको चुनाब रोक्न स्थानीय अदालतमा मुद्दा दर्ता भएपछि चुनाब रोकिने लक्षण देखा परेको छ ।रविना थापा र नारायण थापाले टेनेसी कोर्टमा प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई अयोग्य ठहर गर्न र सदस्यता वितरणका लागि खुल्ला गरी तत्कालका लागि एनआरएन अमेरिकाको २०१९ को निर्वाचन स्थगित गर्न माग गरेका हुन्।

यो सम्बन्धी सूचना एनआरएन अमेरिकाका महासचिव बीआर लामाले जानकारी गरेका हुन्। यस्तै अष्ट्रेलियामा भने मेम्बरसिप डेडलान गत राती नै सकिएको छ । अष्ट्रेलियाको एनआरएन बजारलाई समेत नजिक बाट हेरिने गरिन्छ । यस पटकको नेत्रुत्वका लागि तीन जनाले अध्यक्षताको उमेद्दवार घोषणा गरिसकेका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।