अष्ट्रेलियाको सिप नेपालमाःएनआरएनए अध्यक्ष भट्टद्धारा कुलिनरी एकेडेमी उद्घाटन

काठमाडौं ।

पछिल्ला समय डायस्पोरामा सिकेका बिभिन्न सिप तथा दक्षतालाई नेपालमा लगानी गर्न थालिएको छ । अमेरिका अष्ट्रेलियामा डिग्री अध्ययन गरेर स्वेदस फर्केकाहरुले समेत नेपालमा कृषि लगायतका पेसालाई रोज्न थालेका छन् ।अष्ट्रेलियाको सिड्नी बस्दै आएका गणेश केसीले केहि समय अघि देखी राजधानीमा नै प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी संचालन गर्दै आएका छन् । जस्ले सिप नभएका युबाहरुलाई कुक तथा सेफको तालिम दिएर पुर्ण रुपमा सिपयुक्त सेफ बनाउदै आईरहेको छ ।

औपचारिक रुपमा शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भबन भट्टले प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा कृषि मेलाको उद्घाटन गरेका छन् । एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले सुरु गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा जैविक (अर्गानिक) खेती र कृषकलाई प्रोत्साहन गर्ने कृषि मेलाको भट्टले समुदघाटन तथा अवलोकन गरेका थिए ।

मेलाको उद्घाटन गर्दै अध्यक्ष भट्टले निकै राम्रो कामको शुरुवात भएको भन्दै केसीलगायतको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिए । भट्टले जैविक खानाले मानवीय स्वास्थ्यलाई धेरै फाईदा पुर्याउने बताउँदै नेपाल कृषि प्रधान देश भए पनि कृषिलाई अहिलेसम्म त्यति महत्व नदिएकोमा दुखेसो पोखे । उनले एनआरएनले कृषिको क्षेत्रलाई महत्व दिदै कृषि प्रवर्द्दन समिति नै बनाएर अगाडि बढेको जानकारी गराए ।

एनआरएन कृषि प्रबर्द्दन समितिका संयोजक युवराज गुरुङ्गले देश बवकाशको लागि कृषिको बिकल्प नभएको बताउँदै कृषिको क्षेत्रमा केहि गर्नकै लागी आफुहरु खटिईरहेको बताए । गुरुङले प्यासिफिक हस्पिटालिटीले जैविक खेति र कृषकलाई प्राथमिकता दिदै सञ्चालन गरेको जैविक कृषि मेलाको सफलताको कामना गरे ।

कार्यक्रममा प्यासिफिक हस्पिटालिटीका संचालक एबं एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले कृषकको हकहित र आफ्ना कलेजका बिधार्थीहरुलाई पनि जैविक खानाका बारेमा जानकारी होस् भन्ने उद्देश्ले जैविक कृषि मेलाको आयोजना गरिएको बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।