अमेरिकामा एनआरएनएको चुनाबी रन्को

१५ अप्रिल सिड्नी ।

गैर आवासीय नेपाली संघ अन्तर्गत बिभिन्न देशहरुमा स्टेट र नेश्नल टिमका लागि चुनाबको रौनक लाग्न थालेको छ । गैर-आबासीय नेपाली संघको नयाँ कार्य समिति २०१९-२०२१ का लागि अमेरिकामा चुनाबको रौनक छाएको छ । अहिले बिभिन्न स्टेटहरुमा चुनाबका जित्नका लागि स्थानीय पदाधिकारीहरु लबिङमा ब्यस्त देखिन थालेका छन् । भने प्रचारमा पनि उत्रन थालेका छन् ।

यता अष्ट्रेलियामा भने अहिले सम्म आन्तरिक लबिङ र गृहकार्यमा नेताहरु लागिपरेका छन् । चुनाबको मिति सार्बजनिक भए पछि प्रचारमा आक्रमक शैलीमा उत्रने केहि नेता बताउछन् । अष्ट्रेलियामा यहि जुलाईमा चुनाब हुदैछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।