बिज्ञप्ती समेत लेख्न आउदैन एनआरएनए जापानलाई

१० अप्रिल सिड्नी ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) २०१९-२०२१  को लागि चुनाबी तयारीमा छ । विश्वभरका नेपालीहरुको छाता संस्थाको रुपमा रहेको एनआरएनएका बिभिन्न देशका पदाधिाकारीहरुलाई बिज्ञप्ती समेत लेख्न आउदैन । केहि समय अघि एनआरएनए अष्ट्रेलियाको प्रेस बिज्ञप्तीका बारे नेपाली टिभिले पटक पटक समचार प्रकाशन गरेको थियो ।एनआरएनएको बिज्ञप्तीमा प्रायःजसो नेपाली भाषागत त्रुटी हुने गरेको छ । भने,कतिपयमा बिज्ञप्ती जारी मिति समेत हुदैन । जुन समस्या एनआरएनए अष्ट्रेलियाको बिज्ञप्तीमा भेटिन्छन् ।यस्तै त्रुटी एनआरएनए जापानको बिज्ञप्तीमा समेत भेटिएको छ ।

जापानले बुधबार आधिकारीक फेसबुक पेजमार्फत् जारी गरेको बिज्ञप्तीमा जारी मिति २०१९ ।०४ ।०९ राखेको छ तर बधाई दिन लेखिएको बिज्ञप्तीक कार्यक्रम भने ‘मेई ७’मा भएको भनिएको छ,शुद्द रुपमा भन्नु पर्दा ‘मेई’पनि हुदैन । बिज्ञप्तीका अनुसार कार्यक्रम हुनुको एक महिना अघि नै बिज्ञप्ती जारी गरेको देखीन्छ ।

यस्तै भाषागत रुपमा पनि शुद्दता छैन । अति सामान्य ज्ञानका भाषा ‘ले-लाई’मा समेत ध्यान दिएको पाईदैन । सामान्यःतया एनआरएनएले ब्यसायिक रुपमा आयोजना भएका कार्यक्रमको बारे बिज्ञप्ती जारी गर्न आबश्यकता देखीदैन तर अध्यक्षले बिशेष कारण बिज्ञप्ती जारी गरेको अनुमान गर्न सकिन्छ । अध्यक्ष टासी लामाले जारी गरेको बिज्ञप्तीले एनआरएनए जापानको पदाधिकारीको क्षमतामाथि नै प्रश्न चिन्ह सृजना गरेको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।