कोरोना भाइरसबाट १२ हजार ८ सय ११ नेपाली संक्रमित

१३ जेठ,काठमाण्डौ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिले सम्म विश्वभर १२ हजार ८ सय ११ नेपाली कोरोना संक्रमित छन् । यसै गरी यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै ज्यान गुमाने नेपालीको कुल संख्या १ सय १७ पुगेको छ ।संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । विश्वका ३३ देशका नेपालीमा कोरोनाको संक्रमण देखिएको संघ बताएको छ । यसैगरी संघको कोरोना राहत कोषमा ८ करोड रुपैया जम्मा भएको पनि संघले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।