१४ मे,पोर्चुगल ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाका पदाधिकारीहरुमाथि मानव तस्करीको आरोप लागेपछि छानविन हुने भएको छ ।एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट कयौ नेपालीहरु ठगिएको र उनीहरुको संलग्नतामा मोटो रकम बुझाएर नेपालबाट माल्टामा ल्याईएको र आफुहरु ठगिएको केही नेपालीहरुले अभिव्यक्ति दिए पछि गैरआवासीय
नेपाली संघ अन्तराष्ट्रिय परिषदले छानविन समिति गठन गरेको हो ।यो पढ्न छुट्यो कि ? मानव तस्करीमा लिप्त एनआरएनए माल्टाका पदाधिकारीले भने”ईष्टमित्र मात्र सहुलियत दरमा ल्याएका हौ”गैरआवासीय नेपाली संघका अनुसार छानविन समितिमा युरोप संयोजक नारायण आचार्य, उपसंयोजकहरु कृष्ण तिमिल्सीना, मुक्त गुरुङ्ग, सुक्रराज न्यौपाने र आइसीसी सदस्य रामशरण सिमखडा रहेका छन् ।
पछिल्ला रिपोर्टमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिवले आँफूले मानव तस्करी नगरी आफन्तहरुलाई थोरै रकममा नेपालबाट माल्टा ल्याएको र आफुहरुले गरेको काम गैर कानुनिरहेको आँफैले स्वीकार गरेका थिए ।एनआरएनए केन्द्रलाई अब माल्टामा नेपालबाट मान्छेहरु ल्याएर अलपत्र पार्ने र संघको जिम्मेवारी पदमा रहेर मानव ओसारपोसार गर्नेहरुलाई कस्तो कारवाही गर्ने हो, त्यो हेर्न भने बाँकी छ।








