कोरोनाले विश्वभर करिब १ हजार २ सय नेपाली संक्रमित,२८ को मृत्यु

२० अप्रिल,सिड्नी ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बिश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको मृत्यु भएको हो ।स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर करीव १ हजार १ सय ६६ गैरआवासीय नेपाली हाल सम्म कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ तथा चिकित्सक समूहले तयार पारेको आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित रहेका छन ।

नेपालमा भने १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने चार जना कोरोनामुक्त भई घर फर्किसकेका छन् । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा चार चार, क्यानडा र मलेसियामा तीन तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मार र हङकङमा एक-एक जना रहेको उपसमितिले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।