१८ मंसिर,सिड्नी ।
अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरुको संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन शनिबार जुम मिटिङ मार्फत् शुरु भएको छ ।अधिबेशन समारोहलाई नेपाली कांग्रेस सभापती तथा सम्मानित प्रधानमन्त्री शेरबहादुर देउबाले सम्बोधन गर्नु भएको छ ।
देउबाले अष्ट्रेलियामा रहेर पार्टी र समग्र देशलाई पर्दा गरेको सहयोगको प्रंससा गर्दै अधिबेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्नका लागि शुभकामना ब्यक्त गर्नु भयो । उहाँले संठगनमा केहि असंन्तुष्टी भए छलफल गरी अगाडी बढ्न समेत आग्रह गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सर्बसम्मत नेतृत्व चयन गरी संगठनमा सबै नेपाली कांग्रेसका शुभेच्छुकहरुलाई एकिकृत गर्नमा जोड दिनु भयो ।
समारोहमा जनसम्पर्क समिति अष्ट्रेलियाका अधिबेशन तयारी समितिका संयोजक कृष्ण गिरी लगायत बिभिन्न राज्यका समिति संयोजकहरुले आफ्ना बिचार प्रस्तुत गरेका थिए । अधिबेशनले नयाँ कार्य समिति चयन गरी पार्टीको चौधौ महाधिबेशनका लागि प्रतिनिधि पठाउनेछ । File Photo







