अष्ट्रेलिया थप कडाई,ग्रोसरी,फुड कोर्ट र मेडिकल बाहेक सबै बन्द

२७ मार्च,सिड्नी ।
अष्ट्रेलियामा कोरोनाभाईरस (कोभिड-१९) को संक्रमितहरु दिनप्रतिदिन बढ्न थालेपछि अष्ट्रेलियन सरकारले थप कडाई गर्दै आईरहेको छ । अष्ट्रेलियाभर करिब दुई हजार कोरोनाभाईरस बाट संक्रमित भईसकेका छन् । कोरोना नियन्त्रण भन्दा बाहिर जादै गर्दा प्रधानमन्त्री स्कट मरिसनले कठोर निर्णय गर्दै अत्यावश्यक बाहेकका सबै ब्यापार ब्यबसाय बन्द गर्ने घोषणा गरेका छन् । नयाँ घोषणामा सपिङ सेन्टरमा फुड कोर्ट (टेक-अबे) र मेडिकल,फार्मेसी बाहेक सबै बन्द गर्नुपर्नेछ । नयाँ घोषणाले घर जग्गा लिलामी र खुला घर निरीक्षण गर्न पाईनेछैन । यस्तै आउटडोर र इनडोर बजारहरू पुर्ण रुपमा बन्देज गरिएको छ तर खाद्य (ग्रोसर) पसल सातै दिन २४ सै घण्टा खोल्न पाईनेछ ।

यसैगरी सौन्दर्य थेरापी, टेनिंग, वेक्सिंग, नेल सलुन, मसाज र ट्याटु पार्लरहरू बन्द गर्नुपर्नेछ । कोरोनाभाईरसको नियन्त्रणकै क्रममा मनोरंजन पार्क र आर्केडहरू,खेल केन्द्रहरू जसम दुबै इनडोर र आउटडोरहरू, ग्यालरी, संग्रहालय, पुस्तकालय र समुदाय क्रियाकलाप,सामुदायिक क्लबहरू, आरएसएल र हल सबै बन्देज गरिएका छन् ।

प्रधानमन्त्रीको घोषणामा समुदाय र मनोरन्जन केन्द्रहरू बन्देजमा छन् भने,पर्सनल ट्रेनीङ दिदा अधिकतम दस जनामा सिमीत राख्नुपर्नेछ तर सामाजिक दूरी कडाईका साथ लागू गर्नैपर्ने हुनेछ । प्रधानमन्त्री मोरिसनले निकै कठोर निर्णय गर्दै बिहेमा समेत दुलाहा,दुलही बाहेक साक्षी पाँच जना अधिकतम उपस्थित हुन पाउने निर्णय गरेका छन् । त्यसै गरी श्रदान्दली तथा अन्तिम संस्कारका लागि अधिकतम दश जना मात्र उपस्थित हुन पाउनेछन् । यि सबै कार्यमा सामाजिक दुरी भने कायम गर्नुपर्ने हुन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।